Prakash
120 mins Feature Film Social DramaAug 26, 2022Hall Release
News
शनिबार ‘प्रकाश’का अधिकांश शो हाउसफूल, माउथ पब्लिसिटी अब्बल
माउथ पब्लिसिटीमा निकै अब्बल साबित भएको चलचित्र ‘प्रकाश’ले शनिबार ब्यवसायिक रुपमा पनि उत्साहजनक सफलता हात पारेको छ ।
शनिबार राजधानीका अधिकांश मल्टीप्लेक्स शोहरु हाउसफूल भएका छन् भने बाँकी शोमा ८० प्रतिशत भन्दा माथीको अकुपेन्सी देखिएको छ । सिभिल मलमा रहेको क्यूएफएक्सका म्यानेजर शंकर नेपालले त ‘कबड्डी ४’ पछि ‘प्रकाश’मा यतिका दर्शक आएको बताएका छन् । चलचित्र हेरेका दर्शकले दिएको प्रतिक्रिया निकै अब्बल रहेको भन्दै उनले हलमा दर्शकको संख्या थप बढ्ने विश्वास लिए ।
सामाजिक सञ्जाल फेसबुक र ट्वीटर प्रयोगकर्ताहरुले ‘प्रकाश’ हेरेपछि आफ्ना साथीहरुलाई चलचित्र हेर्न सिफारिस गरिरहेको देखिन्छ । चलचित्रका हरेक पक्ष उत्कृष्ट रहेको भन्दै चलचित्र हेर्न धेरैले आग्रह गरिरहेका छन् । कर्णालिको परिवेशमा एक युवाको शिक्षक बन्ने सपना र संघर्षको कथा भनेको चलचित्रलाई विदेशमा चलचित्र हेरेका दर्शकहरुले समेत रुचाएका छन् । बिभिन्न देशमा चलचित्र हेरेका दर्शकहरुले सामाजिक सञ्जालमा चलचित्रको खुलेरै तारिफ गरिरहेका छन् ।
नायक प्रदिप खड्काको स्टारडम तथा दिनेश राउतको सिनेमा लिगेसीका कारण ‘प्रकाश’ले शुक्रबार भन्दा शनिबार थप आक्रामक ब्यापार गरेको देखिन्छ । यसै वर्ष प्रदर्शनमा आएका उस्तै लाग्ने चलचित्रहरु ‘चिसो मान्छे’ र ‘पानी फोटो’का कारण ‘प्रकाश’को ब्यापारमा केही आशंका ब्यक्त गरेका हलसञ्चालकहरुले शुक्रबारको अकुपेन्सी र माउथ पब्लिसिटीका आधारमा शनिबारका लागि शोहरु बढाएका थिए । मल्टीप्लक्सहरुले बढाएको शोलाई ‘प्रकाश’ले गजबसँग उपयोग गरेको छ ।
यसअघि ‘प्रसाद’ जस्तो सफल चलचित्र दिएका दिनेशलाई ‘प्रकाश’ अझ अब्बल बनाएको प्रतिक्रिया मिलेको छ । एउटा राम्रो निर्देशकको विश्वासमा पनि दर्शकहरु हलसम्म आउन थाले भन्ने कुरा यो चलचित्र हेरेका दर्शकहरुले दिएको प्रतिक्रियाबाट बुझ्न सकिन्छ ।
यस्तै अभिनेता प्रदिप खड्का त चलचित्रको मुख्य आकर्षण नै भए । यसपटक फेरी उनको स्टारडम देखिएको छ । शुक्रबार हलवालाले नै घाटी निमोठ्ने कोसिस गरेपनि शनिबार प्रदिपको स्टारडम छल्किएको हो । शो नपाएर शुक्रबार चलचित्र हेर्न नपाएको बताउँदै दर्शकहरु शनिबार हलमा आएका थिए । उनीहरुले प्रदिपको अभिनयको मुक्त कण्ठले तारिफ गरेका छन् ।
चवलचित्रले दर्शक, चलचित्रकर्मी र समिक्षक सबैबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । दर्शकको प्रतिक्रिया अब्बल रहदा चलचित्रले आगामी दिनमा पनि उल्लेख्य व्यापार गर्न सक्ने देखिएको छ । महेन्द्र अधिकारीको निर्माण रहेको चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ । विकास सुबेदीको लेखन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



