Prakash

120 mins Feature Film Social DramaAug 26, 2022Hall Release

News

८० लाखमा ‘प्रकाश’को डिजिटल राइट्स बिक्रि

लेन्सनेपाल २०७८ मंसिर १७
८० लाखमा ‘प्रकाश’को डिजिटल राइट्स बिक्रि

चलचित्र ‘प्रकाश’को डिजिटल राइट्स बिक्रि भएको छ । डिएआर मुभिजले ८० लाख मुल्यमा चलचित्रको डिजिटल राइट्स खरिद गरेको निर्माता महेन्द्र अधिकारीले जानकारी दिएका छन् । बिहिबार निर्माता अधिकारी र डिएआर मुभिजका तर्फबाट संचालक श्याम धितालले डिजिटल राइट्स खरिद बिक्री सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

दिनेश राउतको निर्देशन रहेको ‘प्रकाश’ प्रतिक्षित चलचित्र हो । जुम्लाको परिवेशमा छायाँकन गरिएको चलचित्रमा प्रदिप खड्काको मुख्य भुमिका रहेको छ । प्रदिपका अलवा चलचित्रमा रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रको डिजिटल राइट्स बिक्रिीसँगै यसलाई भारतमा पनि प्रदर्शनको तयारी थालएको छ । डिजिटल राइट्स खरिद गरेको डिएआर मुभिजले हिन्दी भाषामा डब गरेर भारतमा चलचित्रको प्रदर्शन गर्ने तयारी गरेको छ ।

विकास सुवेदीको कथा रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जिवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत र उत्तम न्यौपाने साउण्ड डिजाइन रहने छ ।

निर्माण टिमले आउने वर्षको बैशाखमा चलचित्र प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।