Prakash

120 mins Feature Film Social DramaAug 26, 2022Hall Release

News

‘प्रकाश’का लागि एकान्तकुनाबाट अनामनगरसम्म खालि खुट्टा हिड्थे प्रदिप

लेन्सनेपाल २०७९ आषाढ १३
‘प्रकाश’का लागि एकान्तकुनाबाट अनामनगरसम्म खालि खुट्टा हिड्थे प्रदिप

पछिल्लो समय चर्चामा छ चलचित्र ‘प्रकाश’ । चलचित्रको फष्ट लुक रिलिज पछि नै यसको चर्चा निरन्तर भइरहेको छ । जुम्लाको परिबेशमा छायाँकन भएको चलचित्र भाद्र १० गतेबाट देशभर रिलिज हुँदैछ ।

यसअघि लभ स्टोरी चलचित्रमा फिट देखिएका नायक प्रदिप खड्का यो चलचित्रमा भिन्न अवतारमा प्रस्तुत भएका छन् । शिक्षक बन्ने लक्ष्यका साथ अघि बढिरहेको एक जुम्लाको युवकको भुमिकामा उनले अभिनय गरेका छन् ।

‘प्रकाश’का लागि प्रदिपले लामो समय अनुप बरालसँग अभिनयको कक्षा समेत लिएका थिए । अभिनयका हिसावले उनको यो ८ औं चलचित्र हो भलैं रिलिजका हिसाबले ७ औं हुँदैछ । ८ चलचित्रमा काम गरिसकेका प्रदिपले ‘प्रकाश’का लागि २ पटक अडिसन दिएका थिए । पहिलो पटक अडिसन दिएर अभिनय सिक्न गएका प्रदिप दोस्रो अडिसनबाट चलचित्रका लागि छनौट भएका थिए ।

उनै प्रदिप आफ्नो क्यारेक्टरका लागि न्याय दिन काठमाडौंको सडकमा खालि खुट्टा समेत हिडेका थिए । चलचित्र छायाँकनमा जानु अघि काठमाडौंको अनमानगरमा चलचित्रको वर्कशप गरिएको थियो । प्रदिप ललितपुर निवासी हुन् । उनी एकान्तकुना हुँदै अनामनगर सम्म आउँथे । हालै एक अन्र्तवार्तामा प्रदिपका गुरु अनुप बरालले प्रदिप चलचित्रको क्यारेक्टरमा फिट हुन एकान्तकुनादेखि अनामनगरसम्म खालि खुट्टा आउने गरेको बताएका छन् । आफ्नो क्यारेक्टरमा विविधता दिन खोज्ने कलाकारका रुपमा प्रदिपलाई लिएका अनुपले उनले कामले आफुलाई प्रुफ गरेको बताएका छन् । चलचित्रमा प्रदिपको क्यारेक्टर खालि खुट्टामा हिड्नु पर्ने थियो । त्यसैले अनुपले प्रदिपलाई क्यारेक्टरमा ढाल्न खालि खुट्टामा नै एकान्त कुनाबाट अनामनगरसम्म हिड्न भनेका थिए । प्रदिपले पनि अनुपको कुरा माने उनी मुखमा मास्क लगाएर खालि खुट्टा हिडे ।

प्रदिपलाई अभिनयको कक्षा लिदा होस् वा वर्कशप गराउदा नै किन नहोस् अनुप उनीबाट प्रभावित भए । त्यसैले त होला अचेल भन्ने गर्छन एउटा कलाकारले चाह्यो भने गर्न सक्ने रहेछ भन्ने प्रदिपले वकाम बाटै प्रमाणित गरेको छ ।

दिनेश राउत निर्देशति चलचित्रमा प्रदिपका अलवा दिया मास्के, रेणु योगी, प्रकाश घिमिरेलगायतका कलाकारको पनि मुख्य भुमिका रहेको छ । महेन्द्र अधिकारीको निर्माण रहेको चलचित्रलाई बिकास सुबेदीले लेखेका हुन् ।