Prakash
120 mins Feature Film Social DramaAug 26, 2022Hall Release
News
प्रदिप भन्छन् – ‘प्रकाश’बाट नयाँ जन्म भएको छ
अभिनेता प्रदिप खड्काले चलचित्र ‘प्रकाश’बाट आफ्नो नयाँ जन्म भएको बताएका छन् । मंगलबार राजधानीमा चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै प्रदिपले यस्तो बताएका हुन् ।
यसअघिका चलचिमा भन्दा नितान्त फरक भुमिकामा काम गरेका प्रदिपले आफ्ना लागि प्रकाशको भूमिका निकै चुनौतिपूर्ण रहेको बताए । आफुले फरक पात्रमा काम गरेका कारण कसैले राम्रो गरिस वा नराम्रो गरिस भनेको भएपनि आफुले ट्राइ गरेको भनेर खुशि हुने तर, पोष्टर सार्वजनिक भएदेखिनै प्राप्त प्रतिक्रियाले भने उत्साह थपेको उनको भनाई छ । उनले चलचित्रको टिजर र गीत सार्वजनिक सँगै आफुलाई सधै सचेत गराउने सबैले राम्रो गरेको छस् भनि दिएको प्रतिक्रिया आफ्ना लागि सुखद रहेको जनाएका छन् । यद्यपी चलचित्र ब्यवसायिक रुपमा पनि सफल भएमा आफ्नो यो जर्नी पुरा हुने उनको भनाई छ ।
चलनचल्तिकै हिरोको परिभाषा सहित चलचित्रमा आएका प्रदिपको अभिनय प्रतिको बुझाई ‘प्रकाश’बाट फेरिएको छ । त्यसैले उनले आफु हिरोबाट कलाकार बन्ने ट्राइ गरेको बताएका छन् । फिल्मी हिरोको परिभाषामा फिट भएर चलचित्रमा लागे पनि सबै हिरो कलाकार नहुन पनि सक्दो रहेछ भन्ने बुझेर यसपटक कलाकार बन्न खाजेको उनको भनाई छ ।
त्यसो त आफुले हरेक चलचित्रमा आफ्नो बुझाई अनुसार सत् प्रतिशत नै न्याय गर्ने कोसिस गरेको प्रदिप बताउँछन् । तर, विगतमा अभिनय नै नबुझीकन दिएको सत् प्रतिशत र अभिनय बुझेर ‘प्रकाश’मा दिएको सत् प्रतिशत बिचको भिन्नता सबैले सहजै छुट्टाउन सक्ने उनले जनाए ।
आफुले अनुप बरालसँग अभिनयको कक्षा लिदै गर्दा अभिनयका धेरै आयमहरु बुझ्न र रियलाइज गर्न पाएको भन्दै उनले ति सबै कुराहरु बुझाईका आधारमा ‘प्रकाश’को पात्रमा काम गरेको बताए ।
चलचित्रमा प्रकाश जुम्लाको एक युवकको भूमिकामा देखिएका छन् । शिक्षक बन्ने लक्ष्य बोकेको युवाकै वरिपरि चलचित्रको कथा घुमेको छ ।
दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
बिकास सुबेदीको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi




