Prakash

120 mins Feature Film Social DramaAug 26, 2022Hall Release

News

काँग्रेस महामन्त्री गगन थापा भन्छन् ‘प्रकाश’को कथा निकै शशक्त छ

लेन्सनेपाल २०७९ भाद्र १३
काँग्रेस महामन्त्री गगन थापा भन्छन् ‘प्रकाश’को कथा निकै शशक्त छ

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चलचित्र ‘प्रकाश’को कथा निकै शशक्त रहेको बताएका छन् । राजधानीको बिश्वज्योति हलमा आइतबार नाइट शोमा चलचित्र हेरेका थापाले ‘प्रकाश’ले धेरै कुराहरु भनेको छ भन्दै आफुलाई बेपत्ता परिवारको कथा नै निकै शशक्त लागेको जनाए । जुम्लाको जनजीवन, भाषा र त्यहाँको समाज बुझ्न चाहने जो कोहीलाई पनि यो चलचित्रले यही बसेर जुम्ला देखाउँन सक्षम रहेको उनको भनाई छ ।

यतिबेला संसदमा द्वन्द्वमा बेपत्ता नागरिकका सन्दर्भमा बिद्येयक बनिरहेको भन्दै थापाले यही सन्दर्भमा ‘प्रकाश’ हेर्दा बेपत्ता नागरिकको परिवारको पिडालाई थप नजिकबाट नियाल्न पाएको जनाए । बिद्येयक माथी छलफल हुँदै गर्दा हामीले वेपत्ता नागरिकका बारेमा सामान्यिकरण गर्दै गएका छौं । यति हजार मान्छे मरे, यति बेपत्ता भए भनेर समान्यिकरण गर्दै गर्दा ति प्रत्येक वेपत्ता वा मृत्तकसँग प्रत्येक एउटा कथा जोडिएको छ, परिवार जोडिएको छ, समाज जोडिएको छ भन्दै थापाले ‘प्रकाश’ले आफुलाई त्यसतर्फ पनि झकझकाएको जनाए । चलचित्रले बर्गिय विभेद सहित अन्य धेरैकुराहरु पनि शशक्त ढंगले देखाएको भन्दै थापाले सबै नेपाली चलचित्र हेर्न आग्रह गरे ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको पृष्ठभूमिमा कथा भनेको छ । विकास सुबेदीको लेखन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

महेन्द्र अधिकारीको निर्माण रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।