Pashupati Prasad 2: Bhasme Don
Feature Film Social DramaOct 21, 2023Hall Release
News
‘परदेशी २’ र ‘पशुपति प्रसाद २ः भष्मे डन’ बिच सहमति
दशैंको फूलपातीलाई प्रदर्शन मिति घोषणा गरेका दुई चलचित्र ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिमबीच एकै मितिमा प्रदर्शन नगर्ने सहमति भएको छ । सहमति अनुसार दुई चलचित्र एक हप्ताको अन्तरालमा प्रदर्शन हुनेछन् ।
बिहीबार बितरक र दुवै चलचित्रका निर्माण टिमबीच भएको सहमती अनुसार ‘परदेशी २’ असोज २६ गते (घटस्थापनाको दुई दिन अगाडि) र ‘पशुपति प्रसाद २ः भष्मे डन’ कात्तिक ४ गते (फूलपाती)बाट प्रदर्शनमा आउने भएका हुन् ।
दुवै चलचित्रका निर्माताद्धारा सार्वजनिक संयुक्त विज्ञप्तिमा भनिएको छ – ‘जुधेर होइन जुटेर सफलता हात पार्न सकिन्छ भन्ने कुराको पाठ नेपाली चलचित्रका कतिपय जुधाईले हामीलाई सिकाइसकेको छ । त्यसैले पनि हामी जुधेर होइन जुटेर जाने निर्णय गर्न सफल भयौं ।’
नारायण रायमाझी निर्देशित ‘परदेशी २’मा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, नीर शाह, रमा थपलिया, सुशील पोखरेल, सविन बास्तोला, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ । गायक सपूतले यही सिनेमाबाट अभिनेताको रुपमा डेब्यू गरेका हुन् । चलचित्रको निर्मातामा राजेश बंशल र निर्देशक रायमाझी रहेका छन् ।
त्यस्तै, दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘पशुपति प्रसाद २ः भष्मे डन’मा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेललगायतको अभिनय छ । खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको चलचित्रमा उनीसँगै अभिनेत्री वर्षा सिवाकोटीले पनि विशेष भूमिकामा अभिनय गरेका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



