Pashupati Prasad 2: Bhasme Don

Feature Film Social DramaOct 21, 2023Hall Release

News

‘पशुपति प्रसादः भष्मे डन’को ‘मेरो शिव’ सार्वजनिक

लेन्सनेपाल २०८० कार्तिक २
‘पशुपति प्रसादः भष्मे डन’को ‘मेरो शिव’ सार्वजनिक

प्रतिक्षित चलत्रित्र ‘पशुपति प्रसादः भष्मे डन’को तेस्रो गीत ‘मेरो शिव’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा किरण भुषालको संगीत र कृष्ण उदासीको शब्द रचना तथा शान्तिम कोइराला र र्‍यापर युनिक पोइटको स्वर सुन्न सकिन्छ । गीतमा मुख्य कलाकारलाई भावुक मुद्रामा देख्न सकिन्छ ।

कात्तिक ४ गते शनिबारबाट प्रदर्शनमा आउने चलचित्रको अग्रिम टिकट आक्रमक रुपमा बुकिङ भइरहेको रहेको छ । जसका कारण चलचित्रको ओपनिङ ब्यापार उत्साहजनक रहने पक्का छ ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण चलचित्र ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

चलचित्रमा स्वस्तिमा खड्का, विपिन कार्की, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापालगायतको अभिनय रहेको छ । चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् भने आँचल शर्माले एक् गीतमा नृत्य गरेकी छिन ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रमा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

Today's Birthday (2)