Pardeshi 2

Feature Film DramaOct 13, 2023Hall Release

News

‘परदेशी–२’को गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक

लेन्सनेपाल २०८० असोज १०
‘परदेशी–२’को गीत ‘परदेशी छुकछुके रेलैमा’ सार्वजनिक

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’मा समावेश ‘परदेशी छुकछुके रेलैमा’बोलको झ्याउरे गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा निर्देशक रायमाझी सँगै तेजेन्द्र गुरुङ, टिका पुन, देवी घर्ती र ममता गुरुङको स्वर छ । निर्देशक रायमाझीकै रचना रहेको गीतमा उनीसँगै प्रेमदेव गिरीले संगीत दिएका छन् ।

कलाकारहरु प्रकाश सपूत, केकी अधिकारी, प्रशान्त तामाङलगायतलाई प्रस्तुत गरिएको गीतमा शेखर घर्ती मगर, पूर्ण लामा र विवेक खड्का, रविता मगर, पवित्रा गुरुङ, विन्दु खड्का, लाक्पा लामा, सरस्वती धिमाल, प्रजी अहिना सुनार लगायतको नृत्य रहेको छ । गीतको भिडियोमा रामजी लामिछाने र गोविन्द राईको निर्देशन रहेको छ भने कुलमान नेपाली र शेखर घर्ती मगरले नृत्य निर्देशन गरेका हुन् ।

नेपाली चलचित्रमा कमै मात्र समावेश गरिने यसप्रकारको मौलिक झ्याउे गीतले स्रोता–दर्शकलाई फरक स्वाद दिने निर्माण पक्षको विश्वास छ । ‘परदेशी–२’ दशैंको छेको पारेर यही असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । राजेश वंशल र नारायण रायमाझीको निर्माण रहेको चलचित्रमा प्रकाश, केकी र प्रशान्तका साथमा वर्षा शिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको अभिनय छ । चलचित्रको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

युवापुस्तामा रहेको विदेश मोहको कथामा आधारित चलचित्र सेन्सर पास भइसकेको छ ।