Pardeshi 2

Feature Film DramaOct 13, 2023Hall Release

News

‘परदेशी २’को अग्रीम टिकट बुकिङ खुल्ला

लेन्सनेपाल २०८० असोज २४
‘परदेशी २’को अग्रीम टिकट बुकिङ खुल्ला

शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘परदेशी २’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभरका स्टेशनमा पहिलो दिन ३७ शोज उपलब्ध गराएको छ । भने दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआईले १२ शोज दिएको छ । रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स र सिके सिनेमाजले समान ४÷४ शो दिँदा क्यूज सिनेमाजले २ शो, बिग मुभिजमा ३ शो र वान सिनेमाज्माले १२ शो उपलब्ध गराएको छ ।

आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान बाध्य नेपालीहरुको कथालाई प्रस्तुत गरेका चलचित्रले प्राप्त शोजहरु हेर्दा ओपनिङ्ग व्यापार बम्पर हुन सक्ने सम्भावना छ । यसको पहिलो सिरिज ‘परदेशी’ सुपरहिट चलचित्र भएकोले पनि ‘परदेशी २’को ओपनिङ्ग ब्यापारमा सकारात्मक प्रभाव पर्ने नै छ ।

राम्रो प्रचार र बलियो स्टारकास्टका कारण चलचित्र प्रतिक्षित बनेको छ । यसको लक्षित दर्शक र दशैको अवसर पारी प्रदर्शन हुने भएकोले पनि ब्यावसायिक सफलता पाउने अपेक्षा गर्न सकिन्छ । नारायण रायमाझीद्वारा निर्देशित चलचित्रमा प्रकाश सपूत, केकी अधिकारी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देबेन्द्र बब्लुलगायतको अभिनय छ । गायनमा स्थापित सपूतले यही चलचित्र अभिनेताको रुपमा डेब्यू गरेका हुन् ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा राजेश वंशल र निर्देशक रायमाझीको लगानी छ भने रमेश बिजीको कथा र पटकथा लेखन रहेको छ ।