Pardeshi 2

Feature Film DramaOct 13, 2023Hall Release

News

कलाकारले गरे ‘परदेशी २’को तारिफ

लेन्सनेपाल २०८० असोज २६
कलाकारले गरे ‘परदेशी २’को तारिफ

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’ले चलचित्रकर्मीहरुबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । राजधानीमा सम्पन्न बिशेष शोमा चलचित्र हेरेका चलचित्रकर्मीहरुले खुलेरै यसको तारिफ गरेका हुन् । खासगरि चलचित्रले उठान गरेको बढ्दो युवा पलायन र त्यसले समाजमा पार्ने प्रभावको कथालाई धेरैले रुचाएका छन् ।

बरिष्ठ हाँस्यकलाकार हरिबंश आचार्य र मनोज गजुरेल, चर्चित कलाकार दिपकराज गिरी, चर्चित गायिका शान्तिश्री परियारलगायतले चलचित्रले पछिल्लो समयको एउटा यथार्थ पाटोलाई प्स्तुत गरेको बताएका छन् । अभिनेता आचार्यले चलचित्रले आफूलाई भावुक बनाएको प्रतिक्रिया दिए । उनले चलचित्रले मन, मुटु, दिमाग सबै छोएको र आफ्ना आँखा रसाएको बताएका छन् । उनले लोक संस्कृतिको उच्चतम् समिश्रण समेत चलचित्रमा रहेको जनाएका छन् । हाँस्य कलाकार मनोज गजुरेलले ‘परदेशी २’ नेपाली चलचित्र क्षेत्रमा एउटा कोशेढुंगा सावित हुने जिकिर गरेका छन् । चलचित्रले देशको जल्दोबल्दो समस्या चलचित्रमा यर्थाथ रुपमा प्रस्तुत गरेको भन्दै तारिफ गरेका छन् ।

कलाकार दीपकराज गिरीले परदेशिनेहरुको संवेदनालाई चलचित्रमा देखाइएको बताउँदै निर्देशक रायमाझीको प्रस्तुतीकरण शैलीको खुलेर प्रशंसा गरे । उनले रायमाझीको प्रस्तुतीकरणमा आफ्नै खालको मौलिकता भेटिएको र त्यो मसला खालको चलचित्र भन्दा फरक रहेको बताएका छन् । यस्तै लोक गायिका शान्तिश्री परियारले चलचित्र भित्र हाँसो र रोदन दुवै रहेको र आफू कति ठाउँमा गहभरी भएको बताइन् ।

चलचित्रमा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, दिलिप रायमाझी, प्रशान्त तामाङ्ग लगायतका कलाकारको अभिनय रहेको छ ।