Pardeshi 2
Feature Film DramaOct 13, 2023Hall Release
News
दोस्रो सातामा पनि उत्साहजनक ‘परदेशी २’
चलचित्र ‘परदेशी २’ले दोस्रो सातामा पनि दर्शकबाट उत्साहजनक साथ पाएको छ । खासगरि राजधानी बाहिरका हलहरुम यो चलचित्रले दर्शकका ज्यादा साथ पाएको हो ।
असोज २६ गते बाट प्रदर्शनमा आएको चलचित्रले पहिलो सातामा करिब ३ करोड ३० लाख हाराहारी ग्रस कलेक्सन गरेको छ निर्माण पक्षले जनाएको छ । सुरुवाती दिनमा औसत व्यापार गरेको चलचित्रले विकडेजबाट राम्रो पिकअप लिएको थियो ।
दर्शकको राम्रो साथ पाएपछि डेव्यु अभिनेता प्रकाश सपुत अभिनेत्री केकी अधिकारी, वर्षा सिवाकोटीलाई नारायणगढ, बुटवल, र नेपालगञ्जका हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । दर्शकबाट राम्रो साथ पाएपछि निर्माता राजेश बंशल र निर्देशक नारायण रायमाझिले खुशी व्यक्त गरेका छन् । दर्शकको यो साथ र सर्पोटले आगामी दिनमा अझै राम्रो चलचित्र निर्माण गर्ने उर्जा मिलेको उनीहरु बताउँछन् ।
उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको चलचित्रमा प्रकाश र वर्षाका अलवा केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको पनि अभिनय छ । नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा गीतकार रमेश बिजीको कथा रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





