Pani Photo
Feature Film DramaJul 29, 2022Hall Release
News
खगेन्द्रको ‘पानीफोटो’ आउने वर्ष भाद्र १० मा
चलचित्र ‘पानीफोटो’को प्रदर्शन मिति तय गरएको छ । अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहेका यो चलचित्र आगामी वर्षको भाद्र १० गतेबाट प्रदर्शनमा आउने छ ।
चलचित्रमा माओवादी जनयुद्धको समयमा बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा–आमाको कथालाई प्रस्तुत गरिएको छ । दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ लाई नै खगेन्द्रले चलचित्रको स्वरुपमा परिवर्तन गरेको जनाइएको छ ।
चलचित्रमा खगेन्द्रसंगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।
दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन रहेको छ । यसमा पुष्पा संगमको पाश्र्व संगीत रहेको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

