Na Yata Na Uta
Feature Film ComedyAug 02, 2019Hall Release
News
‘न यता न उता’मा सिच्वेसनल कमेडी - समिरमणी दीक्षित
शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘न यता न उता’ ले सिच्वेसनल कमेडी पस्केको कलाकार समिरमणी दीक्षितले बताएका छन् । चलचित्रको मुख्य भुमिकामा देखिएका दिक्षितले पछिल्लो समय कमेडीको नाममा दोहोरो अर्थ लाग्ने संवादका साथै हात, खुट्टा, मुख हल्लाएर र बङ्गाएर जबरजस्ती दर्शक हँसाउने प्रयास गरिएको भन्दै असन्तुष्टि समेत जनाएका छन् ।
उनका अनुसार – चलचित्र मिडलाइफ क्राइसिसको विषयमा निर्माण गएिको छ । यो चलचित्रमा दर्शकलाई हँसाउनका लागि अनावश्यक सम्वाद वा दृष्यहरु राखिएका छैनन् । दोहोरो अर्थ लाग्ने संवादबाट चलचित्र पुरै टाडा छ ।
चलचित्रलाई मिराज रोशले निर्देशन गरेका हुन् । यसअघि बेलायमा गरिएको चलचित्रको प्रदर्शनबाट प्राप्त प्रतिक्रियाका आधारमा आफुहरुले चलचित्रलाई केही छोटो बनाएको उनले जनाएका छन् । बेलायतबासी नेपालीबाट भने चलचित्रले उत्साहजनक प्रतिक्रिया पाएको उनको दाबी छ । चलचित्रमा उनको पनि मुख्य भुमिका रहेको छ । कथाको माग अनुसार नै चलचित्रमा आफुले अभिनय गरेको उनको भनाई छ ।
ओम गुरुङ र रिना लामा कार्यकारी निर्मातामा रहेको चलचित्रमा समिर र मिराजका अलवा ऋचा शर्मा, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, भिमा मैनाली, राजन खतिवडा, जयनन्द लामालगायतका कलाकारको अभिनय रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



