Na Yata Na Uta
Feature Film ComedyAug 02, 2019Hall Release
News
‘न यता न उता’को पोस्टर सार्वजनिक
चलचित्र ‘न यता न उता’को पोस्टर सार्वजनिक गरिएको छ । विशारद बस्नेत र मिराज रोष निर्देशित चलचित्रको पोस्टरमा लगभग सबै कलाकारले स्थान पाएका छन् ।
बिहेको लागी लन्डनबाट नेपाल पुगेका दुई अर्धबैंशे नेपाली युवाको संघर्षको कथा कमेडी शैलीमा भनेको छ । साउन १७ गतेबाट प्रदर्शन हुने चलचित्र कमेडी जनराको हो ।
चलचित्रमा नम्रता सापकोटा, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, सागर ढकाल, पवन ढकाल, विशारद बस्नेत, राजन मुकारुङ, जयनन्द लामालगायतका कलाकारको अभिनय रहेको छ ।
रिना लामा कार्यकारी निर्माता रहेको चलचित्रमा अमित अर्याल, बेनकण्ठ मकाजु, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन प्रधान, प्रतिक कर्माचार्य लगायतको लगानी रहेको छ । यस्तै मिराज रोशको कथा तथा पटकथा, अभिमन्यु निरबीको संवाद, अरोन अशोक कुमारले छायाँकन र विपिन मल्लको सम्पादन रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



