Na Yata Na Uta
Feature Film ComedyAug 02, 2019Hall Release
News
चलचित्र ‘न यता न उता’ माघ २५ मा प्रदर्शन हुने
चलचित्र ‘न यता न उता’को प्रदर्शन मिति तय भएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार चलचित्र माघ २५ गतेबाट प्रदर्शनमा आउने छ ।
कमेडी जनराको चलचित्रलाई मिराज रोशले निर्देशन गरेका हुन । चलचित्र निर्माणमा मिराजले बिशारद बस्नेतसँग सहकार्य गरेका छन् ।
चलचित्रमा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समिर दीक्षित, बुद्धि तामाङ, रबिन्द्र झा, राजाराम पौडेल, कमलमणी नेपाल, नम्रता सापकोटा, सिल्सा जिरेल, लुभिना तुलाधर, राजन खतिवडा, जयनन्द लामालगायतका कलाकारको अभिनय रहेको छ ।
ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता रहेको चलचित्रमा अमित अर्याल, बिजय अवाले, बिनिता अधिकारी र डाक्टर निराजन शर्माको लगानी रहेको छ । चलचित्रमा राजन इशान र मिलन जलानको संगीत, विक्रम स्वारको कोरियोग्राफी, अरोन अशोक कुमारको छायाँकन, निर्देशक मिराज रोशको कथा, अभिमन्यु निरबीको पटकथा तथा सवांद र विपिन मल्लको सम्पादन रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



