Muglan8 days to go

Feature Film DramaDec 25, 2025Hall Release

News

प्रभात र स्मारिका अभिनित ‘मुगलान’को ट्रेलर रिलिज

लेन्सनेपाल २०८२ मंसिर २५
प्रभात र स्मारिका अभिनित ‘मुगलान’को ट्रेलर रिलिज

पुष १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मुगलान’को ट्रेलर रिलिज गरिएको छ। बिहिबार रिलिज ट्रेलरमा नेपाली युवालाई राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य पारेको कथालाई प्रस्तुत गरिएको छ।

२०५२ सालपछिको सरकार र तत्कालिन बिद्रोही पक्षको चपेटामा परेका युवा मुगलान प्रवेश गरेको टिजरमा देख्न सकिन्छ। ट्रेलरमा मुख्य अभिनेता प्रभात पाल, अभिनेत्री स्मारिका ढकाल बिचको प्रेम र बिछोडको कथा पनि देखिन्छ ।

चलचित्रमा प्रभात र स्मारिकाका अलवा रामचन्द्र अधिकारी, दिनेश डिसी, सविन बास्तोला, खबपु लगायतलाई देख्न सकिन्छ।

रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा अन्य कलाकार श्री शिवांशु, मोती सुबेदी, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतमलाई पनि देख्न सकिन्छ।

आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रका निर्माता  गोमन सिंह हुन्। चलचित्रको को–प्रोड्युसर रिता चौधरी हुन्। चलचित्र संगीत किरण भुषालले दिएका छन् भने गीतमा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी)को स्वर छ । यस्तै गीत रचनामा आशिष ढकाल, सिर्जना लम्साल, हरि गिरी (विमर्शी) रहेका छन्।