Mr. Nepali

Feature Film PatrioticNov 15, 2019Hall Release

News

‘मिस्टर नेपाली’को गीत ‘हे मेरा परदेशी’ सार्वजनिक

लेन्सनेपाल २०७६ असोज १०
‘मिस्टर नेपाली’को गीत ‘हे मेरा परदेशी’ सार्वजनिक

चलचित्र ‘मिस्टर नेपाली’को गीत ‘हे मेरा परदेशी दाजु भाई’को लिरिकल भिडियो सार्वजनिक भएको छ । चलचित्रका केही चलरअचल दृश्यहरु समावेश गरि सार्वजनिक गरिएको गीतमा हेमन्त कान्छा रसाइलीको स्वर, देव भुषालको शब्द र सुवाष भुषालको संगीत छ । गीतले वैदेशिक रोजगारीमा जाने युवाहरुको पीडा दर्शाइएको छ ।

राष्ट्रियता र प्रेमको कथा भन्ने चलचित्रमा भूवन केसी, रिमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, कलाकाहरु रवि डंगोल, बिष्णु सापकोटा, कमलमणी नेपाल लगायतको अभिनय रहेको छ ।

देवचुली फिल्मस्को ब्यानरमा प्रेमराज दाहालले निर्माण गरेको चलचित्रलाई देव भुषालले निर्देशन गरेका हुन् । भुषालकै लेखन रहेको चलचित्रमा निरज कँडेलको छायांकन छ ।