Michael Adhikari
Feature Film DramaAug 19, 2022Hall Release
News
‘माइकल अधिकारी’को ‘छुक छुक रेल गाडी’ सार्वजनिक
भदौ ३ गतेबाट रिलिज हुने चलचित्र ‘माइकल अधिकारी’को पहिलो गीत ‘छुक छुक रेल गाडी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रकाश दास र अस्मिता अधिकारीको स्वर रहेको गीतमा शैलेश कँडेल क्षेत्रीको शब्द र रेवन सिंहको संगीत छ ।
गीतको भिडियोमा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ फिचर्ड छन् । संवादसहितको गीतमा सौगात र सृष्टिले पैसाको लोभमा एक विदेशी जोडीलाई बच्चाको सुःख दिन कोख भाडामा लगाउन तयार भएपछि त्यसबापत प्राप्त पैसामा रमाएको देखाइएको छ । गीतमा कमल राईको कोरियोग्राफी रहेकोछ ।
उद्दव पौडेलको प्रस्तुतिमा निरक पौडेल निर्माता रहेको चलचित्रमा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल, केभिन परियार, यिओलगायतको पनि अभिनय छ ।
चलचित्रमा कमल राईसँगै कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद छ । रन्जित रौनियारको निर्देशन रहेको चलचित्रमा उनकै कथा रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





