Maijharo
Feature Film DramaOct 24, 2025Hall Release
News
‘मैझारो’को ‘साकेला नाचौ’मा दयाहाङ, दीया, धिरज र मिरुनाको नृत्य
चलचित्र ‘मैझारो’को गीत ‘साकेला नाचौ’ रिलिज गरिएको छ । दसैंको पुर्णिमाको अवसर पारेर गीत रिलिज गरिएको हो । राजेश पायल राई र मेलिना राईको स्वर रहेको गीतमा पदम साधना कुलुङको शब्द र तोरेम्पाहाङ राईको संगीत रहेको छ ।
ओएसआरको युटुब च्यानलबाट रिलिज गरिएको गीतमा दुई जोडी कलाकारले नृत्य गरेका छन् । दयाहाङ राई, दीया पुन, धिरज मगर र मिरुना मगरको साकेला नृत्य गीतमा देख्न सकिन्छ । नेपालको पुर्वी जिल्लामा रहेका राई समुदायले आफ्नो पर्वको रुपमा साकेला नाच नाख्दै आएका छन् । किराँतहरु उधौलि र उभौलिको समयमा साकेला नाँच नाच्ने गर्छन । लिम्बू र राई समुदायबीचको प्रेम सम्बन्धको कथामा आधारित चलचित्रमा कथा अनुसार कै गीत मिलाइएको निर्माण पक्षको भनाई छ ।
‘मैझारो’ हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को डेब्यु निर्देशकिय चलचित्र हो । चलचित्रमा दया, दिया, धिरज र मिरुनाका साथै बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको चलचित्रका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन् भने राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको गायन रहेको छ । सौरभ लामाले छायांकन गरेको चलचित्र कातिक ७ गतेबाट अल नेपाल रिलिज हुने जनाइएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


