Maijharo
Feature Film DramaOct 24, 2025Hall Release
News
विल्सनको निर्देशन रहेको फिल्म ‘मैझारो’को ट्रेलर रिलिज
विल्सन बिक्रम राई (तक्मेबुढा)को लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘मैझारो’को ट्रेलर रिलिज भएको छ। निर्माण टिमले फिल्मको मंगलबार फिल्मको ट्रेलर रिलिज गरेको हो।
तीन मिनेट ४९ सेकेण्डको ट्रेलरमा आफ्नो प्रेमको लागि गरेको संघर्ष र त्यसपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार धिरज मगर,मिरुना मगर,दिया पुनदेखि दयाहाङ राईसम्म देखिएका छन्। जसमा निर्देशक विल्सन आफैले अभिनयमा देखिन्छन्।
निर्देशक राईकै कथा रहेको यो फिल्ममा पुर्वको इलाम पाँचथर आसपासमा खिचिएको हो। तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्ममा धिरज,मिरुनाका साथमा दिया पुन,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।
यो फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन्। गायनमा राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको रहेको छ। सौरभ लामाले छायांकन गरेको फिल्म कातिक ७ गतेबाट रिलिज हुँदैछ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


