Maijharo
Feature Film DramaOct 24, 2025Hall Release
News
‘मैझारो’को टिजर सार्वजनिक, देखियो त्रिकोणात्मक प्रेम
कार्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मैझारो’को टिजर रिलिज गरिएको छ । सोमबार घटस्थापनाको दिन पारेर चलचित्रको टिजर रिलिज गरिएको हो ।
सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ । अभिनेत्री मिरुना मगरको आवाजमा रहेको पालामलाई पृष्ठभूमिमा राखेर इलामको चिया बगानका मनमोहक दृश्यसँगै सुरु हुने टिजरमा अभिनेता धीरज मगरप्रति मिरुनाको प्रेम देखिन्छ । धीरज भने कुनै बाध्यताले दीया पुनसँग नजिकिएका छन् । चलचित्रले लिम्बू समुदायको संस्कार र संस्कृतिमा रही भावनात्मक उतारचढावको कथा भन्ने संकेत टिजरले दिएको छ ।
कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को निर्देशन रहेको चलचित्रमा धीरज, मिरुना र दीयासहित सुनिल थापा, पुस्कर गुरुङ, माओत्से गुरुङ, कविता आले, अभयराज बराल, बुद्धि तामाङ, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, विशाल लिम्बू, भूपेन्द्र लिङदेन लगायतको पनि अभिनय रहेको छ भने अभिनेता दयाहाङ राई विशेष भूमिकामा छन् ।
तक्मे प्रोडक्सन र हाइल्यान्डर क्रूको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता डिबी राई र सरिना लामा हुन् । चलचित्रमा सौरभ लामाको छायांकन, मित्र डि. गुरुङको सम्पादन, अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत तथा राजेशपायल राई, झुमा लिम्बू,,मेलिना राई र अस्मिता अधिकारीको पार्श्व गायन छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


