Mahapursh
Feature Film DramaOct 28, 2022Hall Release
News
यस्तो छ ‘महापुरुष’को ‘बेमौसमी’
चलचित्र ‘महापुरुष’को दोश्रो गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ‘बेमौसमी’बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राम अविरल विस्टको शब्द, एस डि योगीको संगीत र एस डि योगी र रेश्मा पुनको स्वर रहेको छ ।
विवेक रसाइलीले निर्देशन गरेको भिडियोको कोरियोग्राफी प्रमोद के भण्डारीले गरेका हुन् । सार्वजनिक गीतको डिओपी पुरुषोत्तम प्रधान हुन् भने छायाँकार शेर बहादुर तामाङ रहेका छन् ।
गीतको भिडियोमा हरिवंश आचार्य, गौरी मल्ल र डेब्यु अभिनेता अरुण क्षेत्रीको साथमा अभिनेत्री अन्जना बराइली फिचर्ड छन् । चलचित्रमा हरिवंश र अरुण बाबु–छोराको भूमिकामा छन् ।
सामाजिक विषयबस्तुमा आधारित ‘महापुरुष’लाई प्रदीप भट्टराईले लेखन एवं निर्देशन गरेका हुन् । कार्तिक ११ देखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा मदनकृष्ण, हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराइली, रबिन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।
दीपक बज्रचार्यको छायाँकन रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा, रिदम कँडेल र एस डि योगीको संगीत, शंकर महर्जनको एक्सन, वाइल्ड रीपर्ज र प्रमोद के भण्डारीको कोरियोग्राफी र मित्र डी गुरुङको सम्पादन छ । षट्कोण आर्ट्सको व्यानरमा निर्मित चलचित्रमा रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माताका रुपमा छन् । म्याक्स दिपेश खत्री चलचित्रका निर्माता हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





