Mahapursh
Feature Film DramaOct 28, 2022Hall Release
News
आक्रामक ओपनिङका साथ ‘महापुरुष’ प्रदर्शन
चलचित्र ‘महापुरुष’को शुक्रबारको ब्यापार आक्रामक देखिएको छ । प्रदर्शनको दिनमा चलचित्र अधिकांश शोहरुमा हाउस फूल छ । राजधानी मात्र नभएर राजधानी बाहिरका चलचित्र हलहरुमा ‘महापुरुष’को ब्यापार आक्रामक देखिएको हो ।
काठमाडौंमा आयोजना गरिएको वर्ल्ड प्रिमियरर र चितवन र इटहरीमा आयोजना गरिएको मोफसल प्रिमियरबाट वाहवाही बटुलिरहेको महापुरूषको फाइदा ओपनिङमा देखिएको हो । वर्डअफ माउथ बलियो हुँदा त्यसको प्रभाव बक्सअफिमा देखिएको छ । शनिबार चलचित्रको ब्यापार थप बढ्ने निश्चित छ
प्रदीप भट्टराई निर्देशित चलचित्र पारिवारिक कथाको हो । एक्लोपनको कथा भनिएको चलचित्रमा हरिबंश आचार्यको मुख्य भूमिका रहेको छ । चलचित्र मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय रहेको छ । यहिँ चलचित्रबाट नै अरुण क्षेत्री र अन्जना बराईलीले डेब्यु गरेका हुन् ।
षट्कोण आर्टसको व्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता म्याक्स दीपेश खत्री रहेका छन् । ‘महापुरुष’ आजबाटै नेपाल सहित अष्ट्रेलिया र अमेरिकामा पनि प्रदर्शनमा आएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





