Machha Machha
Feature Film DramaDec 06, 2019Hall Release
News
यस्ता छन् ‘माछा माछा’का मुख्य चार पात्र
चलचित्र ‘माछा माछा’ले तीन जना गाउँले युवाले शहरमा जीवन स्थापित गर्न गर्नुपरेको संघर्षको कथा उठाएको छ । मंसिर २० अर्थात शुक्रबारबाट प्रदर्शनमा आउने यो चलचित्रमा सौगत मल्ल, विजय बराल र अनोज पाण्डे मुख्य भुमिकामा देखिएका छन् । क्राइम कमेडी जनराको चलचित्रमा नम्रता श्रेष्ठको पनि अभिनय रहेको छ ।
सुनिल गुरुङको निर्देशन रहेको चलचित्रका मुख्य पात्र कस्ता छन् त ? चार पात्रको स्वभाव यस्तो छ :
सौगात मल्ल
तीन पात्रको समुह सौगातले लिड गरेका छन् । समुहको लिड गर्ने सक्ने खुबी सौगातमा देखेपछि निर्देशकले छनोट गरे । समुहमा निर्णय गर्ने अनि कामको योजना बनाउने काम सौगातले निभाएको पात्रमा छ । यो पात्र चलचित्रको मुख्य लिडर हो ।
विजय बराल
चलचित्रको पहिलो कास्टिङ विजय हुन् । परिवार र समाजको मतलब नगरेर आफ्नै पारामा हिड्ने पात्रको रुपमा विजय देखा परेका छन् । यो पात्रलाई कसैले रुचाउदैनन । जस्तो ‘श्रीमतीले श्रीमानलाई यस्तो साथीसँग संगत नगर है’ भनेर सम्झाउने खालको पात्र छ उनको । समाजले उक्त पात्रलाई खराब भन्छ ।
अनोज पाण्डे
अनोजले चलचित्रमा कमजोर पात्रको भूमिका निर्वाह गरेका छन् । समुहको तीन जना मध्ये उनि कमजोर देखिन्छन । जस्तो ‘हाम्रै साथिहरुको समुहमा विभिन्न स्वभावका व्यक्ति हुन्छन । जसमध्ये कोहि अलिक कमजोर, डराउने र कुनै काम गर्दा पछाडी सर्ने प्रकृतिको हुन्छन । त्यस्तै प्रकृतिको पात्र हो अनोजले निभाएको ।’
नम्रता श्रेष्ठ
नम्रताले राजधानी बासी नेवार परिवारको छोरीको भूमिका निर्वाह गरेकी छन् । घरबेटीको छोरीको भूमिकामा नम्रता देखिएकी छिन । लिडरसँग नम्रताले निभाएको पात्र जोडिएको छ । यी दुई बीच प्रेम पनि छ । अन्य पात्र जस्तो भयङ्कर नभएपनि उनि कथाको रानी हुन् । उनको स्वभाव सरल छ ।
चलचित्रमा सौगात, विजय, अनुज र नम्रताका अलवा माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले निर्माण गरेको चलचित्रमा शिवराम श्रेष्ठको छायाँकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी छ । सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टले चलचित्र निर्माणमा सहकार्य गरेको छ । मणिराम पोखरेल कार्यकारी निर्माता रहेको चवलचित्रका सह निर्माता ओम चन्द रौनियार र अर्जुन कार्की हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





