Maaleekaa

PG 120 mins Feature Film Drama, SocialNov 02, 2018Hall Release

News

‘मालिका’ का निर्माता नरबहादुर कार्की पक्राउ

लेन्सनेपाल २०७६ आषाढ १०
‘मालिका’ का निर्माता नरबहादुर कार्की पक्राउ

चलचित्र ‘मालिका’ का निर्माता तथा कलाकार नरबहादुर कार्की पक्राउ परेका छन् । कार्कीलाई प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा संलग्न भएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनलाई महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले सोमबार साँझ बालुवाटारबाट पक्राउ गरेको हो । गत वर्ष राजधानमिा आयोजित एक कार्यक्रमका बिच कार्की ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए । 
 
सरकारले गएको फागुन २८ देखि ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएको थियो । त्यसयता कार्कीले सामाजिक सञ्जाल फेसबुकमा सरकार र प्रहरीलाई लक्षित गरेर आक्रोशपूर्ण ‘स्टाटस’ लेख्दै आएका थिए । प्रहरीले अनुसन्धानका लागि कार्कीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
 
पक्राउपछि उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । सामाजिक अभियन्ताको रुपमा समेत आफूलाई चिनाएका कार्की सन् २०१६ मा मुम्बईमा भएको विश्व प्रशिक्षक सम्मेलनमा छानिएका ५० सफल प्रशिक्षक मध्येका एक हुन् । अभिनेत्री रेखा थापा निर्देशित तथा अभिनीत चलचित्र ‘मालिका’मा उनको कथा समेत रहेको छ ।