Ma Yesto Geet Gauchhu 2
Feature Film Love StoryFeb 25, 2022Hall Release
News
फागुन १३ मा आउने भयो ‘म यस्तो गीत गाउँछु २’
अन्ततः फागुन १३ गते चलचित्र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन हुने भएको छ । यसअघि उक्त मितमा ‘लप्पन छप्पन २’ले प्रदर्शन मिति तय गरेको थियो ।
मंगलबार नेपाल चलचित्र संघ र चलचित्र निर्माता संघको कार्यदलले ‘म यस्तो गीत गाउँछु २’लाई उक्त मितिमा प्रदर्शन गर्ने सहमति जुटाएको हो ।
यसअघि माघ १९ का रिलिज मिति तय गरेको यो चलचित्रको प्रदर्शन कोरोना संक्रमणको तेस्रो लहरका कारण सरकारले चलचित्र हल बन्द गर्ने निर्णय गरेपछि स्थगित भएको थियो ।
सुदर्शन थापाको निर्देशन रहेको चलचित्रमा पुजा शर्मा र पल शाहको मुख्य भुमिका रहेको छ ।
सुदर्शन थापाले निर्देशन गरेको ‘म यस्तो गीत गाउँछु २’मा पल शाह, पूजा शर्मा, दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
सरकारले फागुन १ गतेदेखि सिनेमा हल खोल्न अनुमति दिएसँगै चलचित्र निर्माताहरुले रिलिज मिति तोक्न थालेका हुन् । सिनेमा हल बन्द भएका कारण तीन दिनमै प्रदर्शन स्थगित गर्न बाध्य भएको चलचित्र ‘चपली हाइट ३’ फागुन १ गतेदेखि पुनस् प्रदर्शन हुँदैछ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



