Ma Yesto Geet Gauchhu 2
Feature Film Love StoryFeb 25, 2022Hall Release
News
‘म यस्तो गीत गाउँछु २’को प्रिमियर, चलचित्रकर्मीले दिए सकारात्मक प्रतिक्रिया
शुक्रबारदेखि रिलिज हुने चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रिमियर सम्पन्न भएको छ । बुधबार साँझ कीर्तिपुर सिनेप्लेक्समा चलचित्रकर्मी र सञ्चारकर्मीको उपस्थितिका बिच चलचित्रको प्रिमियर सम्पन्न भएको हो ।
प्रिमियरमा चलचित्र हेरेकाहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । यो चलचित्रले दर्शकहरुलाई हलमा फर्काउने अपेक्षा चलचित्रकर्मीहरुको छ । प्रिमियरमा उपस्थित चलचित्रकर्मीहरुले भने चलचित्रको प्रसंसा गरेका छन् । यस्तै चलचित्र हेरेका सञ्चारकर्मीहरुले यसको सागीतिक पक्षको निकै खुलेर तारिफ गरेका छन् । संगीतकार अर्जुन पोखरेलको गीतसंगीतले चलचित्रलाई बोकेको छ । यस्तै पल शाहको अभिनय सुधारिएको छ भने हरिहर शर्माको अभिनयको तारिफ भएको छ ।
सुदर्शन थापा निर्देशित चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरी लगायतका कलाकारको मुख्य भूमिका छ । एक सुपरस्टार र एक उदयीमान गायिकाको सांगीतिक प्रेमकथामा चलचित्र निर्माण भएको छ ।
प्रिमियरमा नीर शाह, निरुता सिंह, दिपकराज गिरी, दिपाश्री निरौला, निशा अधिकारी, निर्मल शर्मा, सरोज खनाल, रमेश उप्रेति, पुष्प खड्का, प्रियंका कार्की, आयुष्मान देशराज, वर्षा राउत, संजोग कोइराला, एलिशा गौतम, गौरी मल्ल, दमन रुपाखेती, छवि ओझा, निर्देशक दीपेन्द्र के खनाल, गायक यम बराल, संगीतकार अर्जुन पोखरेल, गायिका मलिका कार्कीलगायत थुप्रै कलाकर्मी उपस्थित थिए ।
प्रिमियर पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा नायिका पुजा शर्मा निकै भावुक बनेकी थिइन । उनले भक्कानिँदै भनिन् – ‘जोडी मनकामना जानुहुन्न भन्ने बुढापाकाले भन्थे । हामी रियल जोडी त होइनौं, तर रिल जोडी हौं । हाम्रो लागि यो भनाइ सत्य भएको छ । आज हाम्रो टिमलाई बज्रपात परको छ ।’ करणीसम्बन्धी कसुरमा उजुरी परेपछि पल प्रिमियरमा उपस्थित हुन सकेका थिएनन् । पलको नाम नलिए पनि पुजाले त्यसैतर्फ संकेत गरेकी हुन् । उनले अगाडि थपिन् – ‘राम्रो फिल्म बनाउन कोशिष गर्दा यस्तो होला भन्ने कहिले पनि सोचिएन । राम्रो मनले फिल्म बनाएका थियौं । त्यही बेला लकडाउन भयो । हाम्रो सपना चकनाचुर बन्यो । त्यसपछि हल खुल्यो र फेरि बन्द भयो । अब १३ गते फिल्म रिलिज हुने भनेर उत्साहित थियौं । तर खोई के हुन्छ थाहा छैन ।’
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



