Love You Hamesha

Feature Film Love StoryNov 29, 2019Hall Release

News

‘लभ यु हमेशा’को गीत सार्वजनिक

लेन्सनेपाल २०७६ भाद्र १७
‘लभ यु हमेशा’को गीत सार्वजनिक

चलचित्र ‘लभ यु हमेशा’को शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा निर्देशक भाष्कर प्रधान भासुको शब्द तथा संगीत, प्रताप दास र श्रेया सोताङको स्वर र रामजी लामीछानेको कोरियोग्राफी रहेको छ । गीतमा अभिनेता यशराज गरच र डेव्यु अभिनेत्री फिजा योन्जनलाई प्रस्तुत गरिएको छ ।

धर्मा क्रियशनको ब्यानरमा यवन गुरुङको निर्माण र मिलन गुरुङ सहनिर्माता रहेको चलचित्र कार्तिक २२ गतेबाट प्रदर्शन हुँदैछ । त्यसको एक साता अघि कार्तिक १५ बाट भारतमा केही शहरहरुमा चलचित्र प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ ।

चलचित्रमा यशराज र फिजाका अलवा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा शिब ढकालले छायाँकन, कमल राईको कोरियोग्राफी र एनबी महर्जनको द्धन्द्ध निर्देशन छ ।