Love Station
Feature Film Love StoryApr 05, 2019Hall Release
News
‘लभ स्टेसन’को गीत सार्वजनिक
चलचित्र ‘लभ स्टेसन’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘घाम जुन चाहिदैन’ बोलको गीतमा मुख्य कलाकारद्वय प्रदीप खड्का र जसिता गुरुङलाई फिचर्ड गरिएको छ । उषा शेरचन र दिपक शर्माको शब्द रहेको गीतको संगीत शर्माले तयार पारेका हुन् भने सुगम पोखरेल र रेश्मा पुनको स्वर छ । भियतनामका सुन्दर लोकेशनमा छायांकन गरिएको गीतको कोरियाग्राफी शिशिर खातीले गरेका छन् ।
म्युजिकल लभस्टोरी चलचित्रमा प्रदीप र जसिताका अलवा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, रश्मी पाण्डे, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सिरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना, रिशु खरेल, ज्वलन्त गौतम लगायतका कलाकारको पनि अभिनय छ ।
उज्वल घिमिरेले निर्देशन गरेको चलचित्रलाई काफिया फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो । गोविन्द शाही प्रस्तुतकर्ता रहेको चलचित्रलाई काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन । निर्देशक घिमिरेकै कथा, सुवास सिंह बस्नेतको पटकथा तथा संवाद, आलोक शुक्लाको छायाँकन रहेको चलचित्रमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ । चैत्र २२ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरिएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





