Love Diaries

Feature Film Feb 14, 2020Hall Release

News

‘लभ डायरिज’ नेपाल र अष्ट्रेलियामा एकसाथ

लेन्सनेपाल २०७६ माघ १८
‘लभ डायरिज’ नेपाल र अष्ट्रेलियामा एकसाथ

पछिल्लो समय केही चलचित्रहरु नेपाल रिलिजकै दिन बिदेशमा पनि रिलिज हुने क्रम बढेको छ । यही क्रममा प्रेम दिवसको अवसर पारेर फागुन २ गतेबाट  प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ डायरिज’ सोही दिनबाट अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ ।

अभिनेता सुशील श्रेष्ठ र नव अभिनेत्री रुविना थापाको मुख्य भुमिका रहेको चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । अस्ट्रेलियामा नाइन मेल क्याफे र सल्भ एजुकेशन कन्सलटेन्सीले चलचित्र प्रदर्शन गर्न लागेको हो । फागुन २ अर्थात् फेब्रुअरी १४ मा मेलबर्नस्थित चाइना टाउन सिनेमामा चलचित्र प्रदर्शन हुनेछ ।

विनोद सापकोटाको निर्माण रहेको चलचित्रमा शुशील र रुविनाका अलवा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन पोखरेलले संगीत रहेको छ ।