Love Diaries
Feature Film Feb 14, 2020Hall Release
News
‘लभ डायरिज’को ट्रेलर सार्वजनिक
चलचित्र ‘लभ डायरिज’को ट्रेलर सार्वजनिक भएको छ । सौरभ चौधरीको निर्देशन रहेको चलचित्र प्रेमकथामा आधारित छ ।
चलचित्रको ट्रेलरमा मुख्य पात्रबिचको झगडा, प्रेम, रोमान्स र विछोड देखाइएको छ । मुख्य भुमिकामा सुशील श्रेष्ठ र रुबिना थापाको अभिनय रहेको छ । यस्तै यसै चलचित्रबाट अभिनेताका रुपमा विश्वजित रिमालले पनि डेब्यु गरेका छन् ।
प्रेमकथाको यो चलचित्र प्रणय दिवस अर्थात फागुन २ गतेबाट प्रदर्शन हुँदैछ । चलचित्रमा सञ्जय लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन, मधु बास्तोलाको कथा, निर्देशक चौधरी र बास्तोलाको पटकथा तथा संवाद रहेको छ । चलचित्रमा सुशील श्रेष्ठ र रुविना थापाका अलवा विश्वजीत रिमाल, विशाल पहारी, विष्णु सापकोटा, अर्जुनजंग शाही लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रलाई विनोद सापकोटाले निर्माण गरेका हुन् भने सहनिर्माताको रुपमा सरोज तुलाधर रहेका छन् । साहिल खान चलचित्रका एसोसियट निर्देशक हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



