Love Diaries
Feature Film Feb 14, 2020Hall Release
News
‘लभ डायरीज’को गीत सार्वजनिक
चलचित्र ‘लभ डायरीज’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचत्रको रोमान्टिक गीत रिलिज गरिएको हो । ‘सुन्यौ कि सुनेनौ’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार सुशील श्रेष्ठ र रुविना थापालाई फिचर्ड गरिएको छ ।
सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर र विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी रहेको छ ।
सौरभ चौधरीको निर्देशन रहेको चलचित्रमा सञ्जय लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन, मधु बास्तोलाको कथा, निर्देशक चौधरी र बास्तोलाको पटकथा तथा संवाद रहेको छ । चलचित्रमा सुशील श्रेष्ठ र रुविना थापाका अलवा विश्वजीत रिमाल, विशाल पहारी, विष्णु सापकोटा, अर्जुनजंग शाही लगायतका कलाकारको अभिनय रहेको छ ।
असोज ३ गतेबाट प्रदर्शन हुने चलचित्रलाई विनोद सापकोटाले निर्माण गरेका हुन् भने सहनिर्माताको रुपमा सरोज तुलाधर रहेका छन् । साहिल खान चलचित्रका एसोसियट निर्देशक हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



