Love Diaries

Feature Film Feb 14, 2020Hall Release

News

भ्यालेण्टाइन डे मा शुशिलको ‘लभ डायरिज’

लेन्सनेपाल २०७६ कार्तिक २५
भ्यालेण्टाइन डे मा शुशिलको ‘लभ डायरिज’

चलचित्र ‘लभ डायरिज’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यसअघि पनि प्रदर्शन मिति तय भएर स्थगित भएको चलचित्र अब भने भ्यालेन्टाइन डेको अवसर पारी फागुन २ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

आइतबार चलचित्रको इण्डक्ल्याप गर्दै नयाँ रिलिज मिति सार्वजनिक गरिएको हो । हायात होटल परिसरमा एक गीतको छायाँकन सँगै चलचित्रको इण्ड क्ल्याप गरिएको हो । गीतमा कलाकारहरु सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमालसँगै प्रिष्मा र प्रिन्सी खतिवडा र कमला घिमिरेको नृत्य रहेको छ ।  टिकटकबाट चर्चामा आएका प्रिष्मा र प्रिन्सीले यसै चलचित्रको गीतबाट ठुलो पर्दामा डेव्यु गरेका हुन् । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत र दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर छ । भिडियोको कोरियोग्राफी प्रविण सिंहले गरेका हुन् ।

सौरभ चौधरीको निर्देशन रहेको चलचित्रमा संजय लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन, मधु बास्तोलाको कथा र पटकथा रहेको छ । विनोद सापकोटा निर्माता रहेको चलचित्रका सह निर्माता सरोज तुलाधर हुन् ।