Love Diaries

Feature Film Feb 14, 2020Hall Release

News

‘लभ डायरिज’को प्रदर्शन मिति पोष्टपोण्ड, नयाँ मिति कार्तिक १५

लेन्सनेपाल २०७६ भाद्र २३
‘लभ डायरिज’को प्रदर्शन मिति पोष्टपोण्ड, नयाँ मिति कार्तिक १५

चलचित्र ‘लभ डायरिज’को प्रदर्शन मिति पोष्टपोण्ड भएको छ । यसअघि असोज ३ गतेबाट प्रदर्शन आउने भनिएको चलचित्र अब भने छठ पर्वको अवसरमा कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने छ ।

चलचित्रमा सुशील श्रेष्ठ, रुविना थापा, विश्वजीत रिमाल, विशाल पहारी, विष्णु सापकोटा, अर्जुनजंग शाही लगायतका कलाकारको अभिनय रहेको छ । सौरभ चौधरीको निर्देशन रहेको चलचित्रमा सञ्जय लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन, मधु बास्तोलाको कथा, निर्देशक चौधरी र बास्तोलाको पटकथा तथा संवाद रहेको छ ।

चलचित्रलाई विनोद सापकोटाले निर्माण गरेका हुन् भने सहनिर्माताको रुपमा सरोज तुलाधर रहेका छन् । साहिल खान चलचित्रका एसोसियट निर्देशक हुन् ।