London To Paris
Feature Film Love StoryJun 07, 2024Hall Release
News
‘लण्डन टु पेरिस’मा ‘अपिल’ बनेका निश्चल
अभिनेता निश्चल खड्का यही जेठ २५ गतेबाट रिलिज हुने चलचित्र ‘लण्डन टु पेरिस’बाट अभिनयमा डेब्यू गर्दैछन् । चलचित्रका अर्का कलाकार कवीर खड्कामार्फत उनी यो चलचित्रमा जोडिएका हुन् । तर यो चलचित्रमा जोडिनु अघिको निश्चलको कथा आफ्नै छ ।
निश्चलले ‘लण्डन टु पेरिस’मा अभिनय गर्नु अघि धेरै चलचित्रका लागि अडिसन दिएका थिए । ‘मैले दुई वटा चलचित्रमा अडिसन पछि साइन नै गरेको थिएँ । तर के कारणले हो ती चलचित्र बनेनन् । एकदिन क्याफेमा कफि पिउँदै जीवनलाई कसरी अगाडि बढाउने भनेर सोचिरहँदा कवीरले चलचित्रको लागि अडिसन भइरहेकोले अडिसन दिन फोन गर्यो’, निश्चलले भने, ‘दुई वटा चलचित्रमा साइन गरेर पनि नबनिरहँदा कतै यो चलचित्र पनि नबन्ने पो हो कि भन्ने डर थियो । तर डर केवल डरमै सीमित भयो । किनकी चलचित्रको काम सुरु भएपछि त्यो डर हरायो ।’
चलचित्रमा निश्चलले ‘अपिल’ चरित्र निर्वाह गरेका छन् । ‘यो चलचित्रको स्क्रिप्ट पढ्दा म धेरै खुशी भएँ । देशबाहिरको कथावस्तु थियो । लण्डनदेखि पेरिसम्म पुगेको प्रेमकथा थियो । अपिल भन्ने २८ वर्षे केटाको प्रेमकथाको यात्रा हो । अपिलको इमोसनमा कति उतारचढाव आउँछ भन्ने चलचित्रमा देखाएको छु’, उनी भन्छन्, ‘अपिल आफ्नो माया पाउनका लागि कुन हदसम्म जान्छ भन्ने देखाएको छु । उसले प्रेम पाउनकै लागि लण्डनदेखि पेरिसम्मको यात्रा गर्छ । आफ्नो सपना पुरा गर्न कतिसम्म लाग्नुपर्छ भन्ने मेरो पात्रले देखाएको छ ।’
निश्चलका अनुसार चलचित्रको चरित्र र उनको वास्तविक चरित्र धेरै भिन्न छ । चलचित्रमा गौरव९कविर खड्का०ले उनलाई सल्लाह दिन्छन् र त्यही सल्लाह अनुसार उनी काम गर्छन् । ‘चलचित्रमा म अरुको सल्लाह लिए पनि वास्तविकतामा म आफै निर्णय लिन्छु । स्क्रिप्ट पढ्दा पनि यस्तो खालको केटा रहेछ भन्ने भएको थियो । म कलाकार हो । कलाकार बहुरुपी नै हुन्छ । तर त्यो चरित्रमा अभिनय गर्दा भने मजा नै आयो ।’
चलचित्रमा उनको जोडी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् । ‘साम्राज्ञी व्यक्तिगत र व्यावसायिक रुपमा एकदमै सहयोगी लाग्यो । मभन्दा उहाँ धेरै सिनियर भएकाले मैले धेरै कुरा उहाँबाट सिकें । हाम्रो उमेर एउटै भए पनि व्यावसायिकता हेर्दा उहाँ सिनियर । अभिनयका कति कुरा उहाँबाट सल्लाह लिएँ’, निश्चल भन्छन् ।
घनश्याम लामिछाने निर्देशित चलचित्रले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । चलचित्रमा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही चलचित्रबाट डेब्यू गरेका हुन् ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा चलचित्रको सह(निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । चलचित्र जेष्ठ २५ गतेबाट रिलिज हुँदैछ ।
चलचित्रमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले चलचित्रलाई नेपालभर वितरण गर्नेछन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



