London To Paris
Feature Film Love StoryJun 07, 2024Hall Release
News
‘लण्डन टु पेरिस’ नेपाली परिवेशकै रहेको निर्देशक लामिछानेको भनाई
निर्देशक घनश्याम लामिछाने यही जेठ २५ गतेबाट दर्शकमाझ चलचित्र ‘लण्डन टु पेरिस’ लिएर आउँदैछन् । आफ्ना अघिल्ला चलचित्र ‘धौली’, ‘पञ्चेबाजा’ र ‘चित्रा’ नेपाली परिवेशमा छायांकन गरेका उनले ‘लण्डन टु पेरिस’ भने बेलायतको लण्डनमा छायांकन गरेका छन् ।
निर्देशक लामिछानेको बुझाईमा ‘लण्डन टु पेरिस’ विदेशी भूमिमा छायांकन गरिए पनि त्यसको कथावस्तु भने नेपाली परिवेशकै छ । ‘लण्डन टु पेरिस हाम्रै कथा हो । नेपाली डायस्पोराको कथा हो । लण्डनमा बस्ने नेपाली युवाको कथा हो । हाम्रो बुझाईमा गाउँको कथा मात्र कथा हो भन्ने छ, तर त्यो बुझाई गलत हो । शेर्पा, थारु, गुरुङ, कौडा, रोधीलाई मात्र कथा मान्छौं । बाहिर बस्ने नेपालीको कथा पनि हाम्रै कथा हो’, घनश्याम भन्छन्, ‘मुलुक बाहिर बस्ने युवापुस्ताको कथा पनि भन्न आवश्यक छ भनेर नै हामीले यो चलचित्र बनाएका हौं । मैले हिजोको दिनमा गाउँकै कथा दर्शकलाई देखाएँ । तर, आज अलिक फरक परिवेशमा नेपाली कथा नै देखाउँदैछु ।’
घनश्याम चलचित्र हेरिरहँदा दर्शकले कथाबाहिर गए जस्तो नलाग्ने दाबी गर्छन् । ‘चलचित्रका पात्रसँग दर्शकले आफूलाई मजाले रिलेट गर्न सक्नुहुन्छ । चलचित्र अलिकति लार्जर देन लाइफ छ । अहिले हामी एउटै फ्लेभरका चलचित्र हेरेर दिक्क भइसकेका छौं । त्यसकारण दर्शकलाई ‘लण्डन टु पेरिस’ ले रिफ्रेस बनाउँछ’, घनश्याम भन्छन् ।
घनश्यामलाई नेपाली समाज, संस्कृति, भुगोलसँग जोडिएर काम गर्दा आनन्दको अनुभव हुँदो रहेछ । अझ राम्रो कलाकार र स्क्रिप्ट भएमा त्यसले आफूलाई झन खुलेर काम गराउने वातावरण दिने उनको बुझाई छ । ‘राम्रो कलाकार र स्क्रिप्ट छ भने त्यसले मलाई चुनौती वा जोखिम दिँदैन । सही समयमा सही कास्टिङ गर्न सकियो भने चुनौति र जोखिम केही हुँदैन’, घनश्यामको भनाइ छ ।
उनले चलचित्रको कथा अनुसार नै मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अनुबन्ध गर्न केही समय लागेको खुलाए । ‘चलचित्रको कथा अनुसार साम्राज्ञी फिट थिइन् । त्यसकारण केही समय पर्खिएर भए पनि हामीले उनलाई चलचित्रमा लियौं । हाम्रो चलचित्रमा प्रेम र धोका दुवै छ, तर त्यसको प्रस्तुतीकरण फरक छ’, उनी भन्छन् ।
उनले चलचित्रको कथालाई ६ कलाकारले नै ‘लिड’ गर्ने बताए । ‘चलचित्रको कथा यति पावरफूल छ कि दर्शकलाई त्यसले कनेक्ट गर्न सक्छ । हामीले चलचित्रको कथा भन्दा पर गएर खिचेका छैनौं । जे चाहिने हो त्यही खिचेका छौं,’ उनले भने ।
चलचित्रले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । चलचित्रमा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही चलचित्रबाट डेब्यू गरेका हुन् ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । चलचित्र जेष्ठ २५ गतेबाट रिलिज हुँदैछ ।
चलचित्रमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



