Lappan Chhappan 2

Feature Film ActionMar 04, 2022Hall Release

News

‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन गर्ने निर्णयप्रति ‘लप्पन छप्पन २’ले गम्भिर आपत्ति

लेन्सनेपाल २०७८ माघ २८
‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन गर्ने निर्णयप्रति ‘लप्पन छप्पन २’ले गम्भिर आपत्ति

फागुन १३ गते ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन गर्ने चलचित्र संघ र निर्माता संघको सयुक्त कार्यदलको निर्णय प्रति अर्को चलचित्र ‘लप्पन छप्पन २’ निर्माण कम्पनी गोल्डेन हिल्स पिक्चरले गम्भिर आपत्ति जनाएको छ ।

बिहीवार निर्माता निर्मल कुमार मिश्रद्वारा जारी विज्ञप्तिमा गत पुष १९ गते नै चलचित्र संघमा निवेदन दिएर दर्ता नं. ३५१ मा आफ्नो चलचित्रको प्रदर्शन मिति दर्ता गरेको उल्लेख गरिएको छ । उनले चलचित्र ‘लप्पन छप्पन २’को प्रदर्शन मिति लकडाउनभन्दा अगावै सार्वजनिक गरिसकेको र हाल आएर उक्त मितिमा पूर्वाग्राही रुपमा आफुहरुलाई जानकारी नगराइकनै ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन गर्न लागिएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

मिश्रले आफ्नो चलचित्रले प्रदर्शनका लागि सबै प्रक्रिया पूरा गरिसकेकाले प्रदर्शनको अनुमति दिन चलचित्र संघमा निवेदन दर्ता गरेका छन् ।