Lappan Chhappan 2
Feature Film ActionMar 04, 2022Hall Release
News
‘लप्पन छप्पन २’ प्रमोशनका लागि काठमाडौं आइन क्यारोलिन
नेपाल सहित अष्ट्रेलियाका बिभिन्न स्थानमा छायाँकन गरिएको चलचित्र ‘लप्पन छप्पन २’मा स्वदेशीसँगै बिदेशी काष्ट एण्ड क्रु पनि संलग्न छन् ।
तिनै बिदेशी कलाकार मध्येकी एक हुन् बेल्जियमकी अभिनेत्री क्यारोलिन कोलिन्डा । जो अहिले नेपालमा छिन् । चलचित्रको प्रमोशनका लागि नै उनी काठमाडौं आएको निर्माण टिमले जनाएको छ । यतिबेला शुक्रबारदेखि प्रदर्शन हुने चलचित्रको प्रचारमा उनी पनि जुटेकी छिन ।
केही समयदेखि मोडलिङ गरिरहेकी क्यारोलिन ‘लप्पनछप्पन २’मा जासूसको भूमिकामा देखिदैछिन । ट्रेलरमा समेत स्थान पाएकी क्यारोलिन आफ्नो अभिनयले दर्शकको मन जित्नेमा आशाबादी छिन । चलचित्रमा छोटो भएपनि सशक्त भुमिकामा देखिएको उनको भनाई छ ।
नेपाल आएको समयमा पोखरा घुम्ने योजना बुनेकी क्यारोलिन केही महिना नेपालमै रहने छिन । उनले मुकुन्द भट्टकै निर्देशन रहने चलचित्र ‘एक्स नाइन’मा पनि काम गर्ने छिन । नेपाल रहदा उनले सोही चलचित्रको तयारी गर्ने जनाइएको छ ।
New Releases (Baishak 14)
-
Boksi Ko Ghar
Director : Sulakshan Bharati
Casts : Keki Adhikari, Shupala Sapkota, Swechha Raut, Sulakchhyan Bharati, Sushma Niraula
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri