Lakka Jawan

UA 133 mins Feature Film ComedyMay 06, 2022Hall Release

News

बैशाख २३ मा ‘लक्का जवान’ प्रदर्शन हुने

लेन्सनेपाल २०७८ मंसिर २०
बैशाख २३ मा ‘लक्का जवान’ प्रदर्शन हुने

चलचित्र ‘लक्का जवान’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र आउँदो वर्षको बैशाख २३ गते प्रदर्शन गरिने भएको छ । यस अघि २०७६ चैत २१ गते प्रदर्शन हुने तय भइसकेको भएपनि कोरोना महामारीका कारण ११ गतेबाट नै देशभर लकडाउन भएकाले प्रदर्शन हुन सकेको थिएन ।

कलाकार शिवहरी पौडेलको निर्देशन रहेको चलचित्रमा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ । कमेडी कथामा बनेको चलचित्रको गीत ‘यो होनी तरिका’ र ‘म त सक्दिन’ यस अघि सार्वजनिक भइसकेका छन् ।

किरण केसी कार्यकारी निर्माता रहेको चलचित्रमा अन्सुया श्रेष्ठ, शिवहरि पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँको लगानी रहेको छ ।
 
चलचित्रमा मित्र डी गुरुङको सम्पादन, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ । चलचित्रलाई एफडि कम्पनी र गोपाल काजी कायस्थले वितरण गर्नेछन् ।