Lakka Jawan

UA 133 mins Feature Film ComedyMay 06, 2022Hall Release

News

‘लक्का जवान’ को प्रदर्शन मिति परिवर्तन

लेन्सनेपाल २०७६ मंसिर २६
‘लक्का जवान’ को प्रदर्शन मिति परिवर्तन

चलचित्र ‘लक्का जवान’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ । यसअघि चैत ७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको भएपनि वितरकसँगको सम्झौता पछि चैत्र २१ का लागि सारिएको छ । वितरक गोपालकाजी कायस्थाले सो कुराको जानकारी दिएका हुन् ।

हाँस्य कलाकार शिवहरी पौड्यालको डेव्यु निर्देशन रहेको चलचित्रमा उनका साथै दीलिप रायमाझी, वर्षा सिवाकोटी, प्रियंका कार्की, सलोन बस्नेत, किरण केसी, राजाराम पौडेल, सुरेन्द्र केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
 
‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’को ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता ध्रुवदत्त र अनुसुयषा श्रेष्ठ हुन् । चलचित्रमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रुपमा रहेका छन् भने सुरेन्द्र केसी र दीपेन्द्र खनिया सहनिर्माता हुन् ।

चलचित्रले पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ ।