Lakhey
Feature Film ActionNov 04, 2022Hall Release
News
प्रिमियरमा रुचाइयो ‘लाखे’
शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘लाखे’को बुधबार रेडकार्पेट प्रिमियर गरिएको छ । जमलस्थित विश्वज्योति हलमा आयोजित प्रिमियरमा चलचित्रकर्मी र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रिमियरपछि चलचित्र हेरेका चलचित्रकमीहरुले मुक्त कण्ठले प्रसंसा गरेका छन् । खासगरि चलचित्रको एक्सन पक्षको खुलेरै तारिफ गरेका हुन् । चलचित्रको क्लाइमेक्स दृश्यलाई धेरैले रुचाए । चलचित्र हेरेपछि अभिनेता प्रशान्त ताम्राकारले सोचेभन्दा पनि राम्रो चलचित्र बनेको बताए । ‘हामीले मेहनत त गरेका थियौं । सिमित स्रोत साधनको बाबजुद पर्दामा ल्याउन कठिन छ । मलाई चलचित्र हेर्दा खुसी लागेको छ,’ उनले भने ।
अभिनेता अनुपविक्रम शाहीले नेपाली आँखाले हेरे चलचित्रले निराश नबनाउने बताए । ‘हामीले एक स्टेप माथि रहेर चलचित्र निर्माण गर्ने कोसिस गरेका छौं । नेपाली आँखाले हेर्दा निराश बनाउँदैन ।’ अभिनेता शाहीले भने ।
सम्राट बस्नेतले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



