Koshedhunga

UA 144 mins Feature Film DramaAug 28, 2025Hall Release

News

‘कोशेढुङ्गा’को तीज गीत सार्वजनिक, ऋचा, सुरक्षा र नीतिको नृत्य

लेन्सनेपाल २०८२ श्रावन ६
‘कोशेढुङ्गा’को तीज गीत सार्वजनिक,  ऋचा, सुरक्षा र नीतिको नृत्य

चलचित्र ‘कोशेढुङ्गा’को तीज गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको गीतमा नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको संगीत र हुकलाइन र खेमका साथै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको स्वर छ ।

सेभेन सिज इन्टरनेसनलको युट्युवबाट सार्वजनिक गरिएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू सुरक्षा पन्त र नीति शाहले अविवाहितको पक्षबाट आफ्नो परिकल्पना र उत्सुकता राखेका छन् । विवाहित हुँदाको प्रेम ऋचा शर्माले व्यक्त गरेकी छन् ।

आफू पनि अविवाहित भएकाले विवाह गर्ने भन्दै मन्जिल कुमार छन् । उनी सुरक्षाको पछि लागेका छन् । सुरक्षा पनि उनीप्रति सकारात्मक रहेको भिडियोमा देखिन्छ ।

यस्तै, निर्माणपक्षले यो गीतमा टिकटक प्रतिष्पर्धा समेत घोषणा गरेको छ । आजैदेखि खुल्ला गरिएको प्रितस्पर्धा अगस्ट २० सम्म सहभागीले भागलिन पाउनेछन् । टिमका अनुसार सहभागीले भाग लिदाँ ह्यास्ट्याग नत्र भने जिन्दगी व्यर्थ छ मेन्सन गर्नु पर्ने छ । यसमा बेस्ट पफमेन्सले ३० हजार, मोस्ट क्रियटिभ भिडियोले २० हजार र मोस्ट लाइक भिडियोले १० हजार पाउने छन् ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्र ‘कोशेढुङ्गा’ भदौ १२ गते रिलिज हुँदै छ । नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।

‘कोशेढुंगा’को कार्यकारी निर्मातामा दिनेश खड्का छन् । चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ ।

‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो चलचित्र डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४० देशमा प्रदर्शनमा आउने जनाएको छ ।