Koshedhunga

UA 144 mins Feature Film DramaAug 28, 2025Hall Release

News

‘कोशेढुङ्गा’को गीत ‘भंगेरा भगेरी’ सार्वजनिक

लेन्सनेपाल २०८२ श्रावन २१
‘कोशेढुङ्गा’को गीत ‘भंगेरा भगेरी’ सार्वजनिक

चलचित्र ‘कोशेढुङ्गा’को ‘भंगेरा भगेरी’ बोलको गीत सार्वजनिक गरिएको छ । बिदुर तिमल्सिना (देवदूत)को शब्द रहेको गीतमा रिदम कँडेल र बेनिशा पौडेलको स्वर रहेको छ भने कँडेलकै संगीत छ । सुरक्षा पन्त र मन्जिल कुमारको नृत्य रहेको गीतले प्रेम भाव ब्यक्त गरेको छ ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्र भदौ १२ गते रिलिज हुँदै छ । नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको चलचित्रमा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।

प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता दिनेश खड्का हुन् । चलचित्रमा बाबु श्रेष्ठले छायांकन, नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।