Koshedhunga

UA 144 mins Feature Film DramaAug 28, 2025Hall Release

News

‘कोशेढुङ्गा’को कविता ‘कोशेढुङ्गाभित्रको कथा’ सार्वजनिक

लेन्सनेपाल २०८२ श्रावन २६
‘कोशेढुङ्गा’को कविता ‘कोशेढुङ्गाभित्रको कथा’ सार्वजनिक

‘कोशेढुङ्गा’ निर्माण युनिटले चलचित्रमा समावेश कविता ‘कोशेढुङ्गाभित्रको कथा’ सार्वजनिक गरेको छ ।  सार्वजनिक कवितालाई अभिनेत्री सुरक्षा पन्तले वाचन गरेकी छन् । कवितामा प्रेम, समर्पण, विछोड, पीडा, सपना र संकल्प झल्कीएको छ । लिरिकल भिडियोसहित सार्वजनिक कवितामा चलचित्रका केही फुटेज र स्टिल फोटो प्ले गरिएको छ ।

कविताले क्रमशः टुट्दै गएको सपना, सम्झौतामा बाँच्न थालेको जिन्दगी, सम्बधमा गरिने विश्वास, पर्खिएर बस्ने परिवारलाई चित्रण गरेको छ । यसले चलचित्रको कथा संकेत गरेको छ ।

सरोज पौडेल निर्देशित चलचित्रको कवितासँगै तीनवटा पोस्टर पनि सार्वजनिक गरिएको छ । जसमा एउटा पोस्टरमा सुरक्षा पन्त, आर्यन सिक्देल, प्रवीण खतिवडा, मन्जिल कुमार, नीति शाह, ऋचा शर्मा र दिनेश काफ्ले काफ्ले छन् । अर्को पोस्टरमा प्रवीण खतिवडा, दिनेश काफ्ले र झकेन बिसी फिचर्ड छन् । भने अर्को पोस्टरमा सुरक्षा पन्त र मन्जिल कुमार छन् ।

नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको चलचित्र भदौ १२ गते रिलिज हुँदै छ । प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको चलचित्र ‘कोशेढुंगा’को कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत छ ।