Ke Ghar Ke Dera
Feature Film DramaOct 21, 2022Hall Release
News
‘के घर के डेरा’को शिर्ष गीतमा टिकटक बनाउनेलाई २५ हजार पुरस्कार
शुक्रवारबाट प्रदर्शन हुने चलचित्र ‘के घर के डेरा’ले शिर्ष गीतको टिकटक प्रतियोगिता घोषणा गरेको छ । यो प्रतियोगितामा सहभागी हुन चाहनेले शिर्ष गीतमाथि टिकटक बनाउनु पर्नेछ ।
डेरामा बस्दाको समस्या बोल्ने गीतमाथि टिकटक बनाएर आफ्नो फेसबुक वालमा शेयर गर्नुका साथै चलचित्रको लाइक पेजमा ट्याग गर्नुपर्ने, पेज लाइक गर्नुपर्ने, ट्रेलर शेयर गरी तीन जनालाई ट्याग गर्नुपर्ने र टिकटक भिडियो चलचित्रको फेसबुक पेजमा इनबक्स (म्यासेज) गर्नुपर्नेछ । त्यसमध्ये उत्कृष्ट एक जनाले २५ हजार पुरस्कार प्राप्त गर्ने निर्देशक दीपेन्द्र के. खनालले बताए ।
काठमाडौंमा घर हुने र नहुनेहरुको समस्या उठान गरेको चलचित्रमा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय रहेको छ ।
ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । सिंगे लामाको कथा रहेको चलचित्रमा शंकर थापा स्माइल र कोशिस क्षेत्रीको संगीत, सुब्रत राज आचार्य, डिपी खनाल र कोशिस क्षेत्रीको गीत रचना, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ ।
चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



