Ke Ghar Ke Dera

Feature Film DramaOct 21, 2022Hall Release

News

चलचित्र ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०७९ असोज १४
चलचित्र ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक

चलचित्र ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा काठमाडौंमा घर हुने र घर किन्न संघर्ष गर्ने पात्रहरुको कथालाई देखाइएको छ ।

दिपावलीको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र कमेडी जनराको हो । दिपेन्द्र के. खनालको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, अशान्त शर्मा, लक्ष्मी गिरी, भोलाराज सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
 
चलचित्रमा शंकर थापा स्माइल, कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन, दिर्घ खड्काको सम्पादन र सिंगे लामाको कथा रहेको छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।