Ke Ghar Ke Dera
Feature Film DramaOct 21, 2022Hall Release
News
‘के घर के डेरा’को नयाँ टिमअप, निर्देशक देखि कलाकार सम्म परिवर्तन
‘के घर के डेरा’को नयाँ टिमअप, निर्देशक देखि कलाकार सम्म परिवर्तन
निर्देशक परिवर्तन गर्दै चलचित्र ‘के घर के डेरा’ निर्माणको घोषणा गरिएको छ । यस अघि सुब्रतराज आचार्यको निर्देशनमा बन्ने भनिएको चलचित्रलाई अब दिपेन्द्र के खनालले निर्देशन गर्नेछन् ।
राजधानीमा आयोजित कार्यक्रमका बिच निर्देशक सहितको नयाँ टिमअप घोषणा गरिएको छ । कमेडी तथा सोसल जनरामा बन्ने चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका रहनेछ ।
वैशाख तेस्रो सातादेखि सुरु हुने चलचित्रले ‘घर भएका र घर नभएका दुवै वर्गको कथामा हास्य ढंगले प्रस्तुत गर्ने निर्देशक खनालले बताएका छन् । चलचित्रको छायाँकन काठमाडौंमा नै गरिने छ ।
शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको चलचित्रलाई आगामी वर्षमा प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमको रहेको जानकारी दिइएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



