Ke Ghar Ke Dera
Feature Film DramaOct 21, 2022Hall Release
News
'के घर के डेरा'को शुभमुहूर्त
शुक्रबार दीपेन्द्र के खनाल निर्देशित सिनेमा 'के घर के डेरा'को स्वंयम्भु स्थित हारती माता मन्दिरमा शुभमुहूर्त गरिएको छ । सिनेमाको शुभमुहूर्तसँगै एक दुश्य पनि छायांकन गरिएको थियो ।
अहिले शुभमुहूर्त गरिएपनि सिनेमाको रेगुलर छायांकन जेष्ठ २ गतेबाट मात्रै गरिने निर्देशक खनालले जानकारी दिए । सिनेमाको छायांकन सेड्युल ३० दिनको राखिएको छ । सिनेमाको सम्पुर्ण छायांकन काठमाडौं उपत्यकामा नै गरिनेछ । निर्देशक खनालले सिनेमामा आफ्नो हरेक सिनेमामा दर्शकले पाउने सम्पुर्ण खुराक पाउने विश्वास व्यक्त गरे ।
ए प्लस इन्टरटेनमेन्दको व्यानरमा निर्माण हुने सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिनेमामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेका छन् । सिंगे लामाको कथा रहेको सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमाका मुख्य अभिनेता विपिन कार्कीले निर्देशक खनालसँगको दोस्रो सहकार्यले उत्साहित बनाएको बताए । सिनेमाले काठमाडौंमा बस्ने सम्पुर्णको जीवनसँग मिल्दोजुल्दो हुने भन्दै आफ्नो डेरामा बसाईको अनुभव साटे ।
यही वर्ष रिलिज तयारी रहेको सिनेमामा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमामा दिर्घ गुरुङको छायांकन, शंकर थापा स्माइलको संगीत, सुव्रत राज आचार्य र डिपी खनालको गीत रचना, दिर्घ खड्काको सम्पादन, याम प्रसाद वली प्रोडकसन डिजाइनर र तारानाथ न्यौपाले मुख्य सहायक निर्देशकको रुपमा रहनेछन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



