Ke Ghar Ke Dera

Feature Film DramaOct 21, 2022Hall Release

News

चलचित्र ‘के घर के डेरा’को इन्डक्ल्याप

लेन्सनेपाल २०७९ आषाढ १४
चलचित्र ‘के घर के डेरा’को इन्डक्ल्याप

दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’को इन्डक्ल्याप गरिएको छ । मंगलबार राजधानीको नेपाल कला परिषदमा चलचित्रको अन्तिम दृश्यको छायांकन गर्दै सम्पुर्ण छायांकन सकिएको हो । निर्देशक खनालले क्यामेरा अन भएको ३३ औं दिनमा चलचित्रको छायांकन सकिएको बताए ।

निर्देशक खनालले आफ्नो सोच अनुसार नै चलचित्र निर्माण भएको सुनाए । चलचित्रका कलाकारले आफुलाई राम्रो साथ दिएकाले पनि ‘के घर के डेरा’को रिजल्ट राम्रो निस्किनेमा विस्वस्त रहेको निर्देशक खनालको भनाई छ ।

ए प्लस इन्टरटेनमेन्दको व्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् । चलचित्रमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेका छन् । सिंगे लामाको कथा रहेको चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रको कथा काठमाडौंमा डेरामा बस्नेहरुको जीवनसँग मिल्दोजुल्दो हुने भन्दै आफ्नो डेरामा बसाईको अनुभव पनि अभिनेता दयाहाङ राई इन्डक्ल्यापमा साटेका छन् ।

यही वर्ष रिलिज तयारी रहेको चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा दिर्घ गुरुङको छायांकन, शंकर थापा स्माइलको संगीत, सुव्रत राज आचार्य र डिपी खनालको गीत रचना, दिर्घ खड्काको सम्पादन, याम प्रसाद वली प्रोडकसन डिजाइनर र तारानाथ न्यौपाले मुख्य सहायक निर्देशकको रुपमा रहने छन् ।