Kaidiko Patra

Feature Film DramaApr 28, 2023Hall Release

News

‘कैदीको पत्र’को गीत ‘कति साह्रो सुहाको’ सार्वजनिक

लेन्सनेपाल २०८० बैशाख १२
‘कैदीको पत्र’को गीत ‘कति साह्रो सुहाको’ सार्वजनिक

बैशाख १५ गतेबाट रिलिज नेपाली चलचित्र ‘कैदीको पत्र’मा समावेश ‘कति साह्रो सुहाको’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नायिका सलिना थापाले नृत्य  गरेकी छन् । यस गीतमा सनम कुमार बैरागको शब्द रचना रहेको छ भने सुरेश सेन्चुरीको संगीत तथा अञ्जु पन्त र सागर आलेको स्वर रहेको छ ।

सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको यो चलचित्रलाई सनम कुमार बैरागले निर्देशन गरेका हुन् । प्रेम र रोमान्सको कथामा बनेको चलचित्रले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको निर्देशक बैरागले बताए । यो चलचित्रमा समावेश सबै गीतमा शब्द, चलचित्रको पटकथा तथा संवाद पनि निर्देशक बैरागले नै तयार पारेका हुन् । साहित्यकार स्व. ईश्वर मानन्धरले लेखेको कथा ‘कैदीको पत्र’मा आधारित रही यो चलचित्र बनाइएको हो।

चलचित्रमा कुनाल विश्व, ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ । दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी निर्माता हुन् ।